२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


काठमाडौं महानगरपालिकामा एमाले अगाडि


0
Shares

प्राप्त मतपरिणामअनुसार कामपा वडा नम्बर–१ को १३० मतगणनामध्येमा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए ।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिणाम सार्वजनिक गरेको हो ।

उनकाअनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५, नेपाली कांग्रेसका राजुराज जोशीले २३ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले २ मत ल्याएका छन् ।

कुल १३० मतगणना भएकोमा १३ मत बदर भएको उनले जानकारी गराए ।

वडा नम्बर–१ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो । रासस