३० जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025


अधिकांश स्थानमा तीन दलबीच कडा टक्कर, कुन दल कति स्थानमा विजयी ?


0
Shares

काठमाडौं, जेठ २ । स्थानीय निकाय निर्बाचनको पहिलो चरणको मत गणना धमाधम भइरहेको छ । हाल एमाले र कांग्रेस बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म आएका परिणामअनुसार एमाले ६ स्थानमा प्रमुख जितेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ६ र नेपाली कांग्रेसले ५ स्थानमा प्रमुख जितेका छन् । एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

उपप्रमुखमा कांग्रेसले ६ स्थानमा र एमाले तथा माओवादी केन्द्रले पाँच पाँच स्थानमा विजयी हासिल गरेको छ ।

गत आइतबार पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत २ सय ८३ स्थानमा निर्वाचन भएको थियो । निर्वाचन भएका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।

नेकपा एमालेबाट विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा टाँसी तुञ्दुप गुरुङ,
डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा अंगद राना,
मनाङको चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र घले,
मनाङको नेस्याङ गाउँपालिकाको प्रमुखमा कान्छा घले,
मुस्ताङको घरपजोङ गाउँपालिकाको अध्यक्षमा अशबहादुर थापा,
स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी

नेपाली कांग्रेसबाट विजयी

नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर राना
मनाङको नार फू गाउँपालिकाको अध्यक्षमा मिङ्मार छिरिङ लामा
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा सुवर्णकुमार विष्ट,
बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा
मनाङको नोसाङ गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर घले

माओवादी केन्द्रबाट विजयी

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा राजबहादुर शाही विजयी
जुम्लाको गोठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारी
डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नरसिंह रोकाया
हुम्लाको ताजाकोट गाउँपालिकाको अध्यक्षमा बागदल मल्ल
डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा दत्तबहादुर शाही,
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा डम्बर शाही

स्वतन्त्र उम्मेदवार विजयी

मुस्ताङको दालोमे गाउँपालिकाको अध्यक्षमा राजु विष्ट