काठमाडौं, फागुन २ । एलआइसी नेपालले जीवनसाथी बिमा नामको नयाँ बिमा योजना ल्याएको छ ।
कम्पनीले राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘जीवनसाथी’ योजना सार्वजनिक गरेको हो ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले योजना सार्वजनिक गरेका हुन् ।
१८ देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुनसक्ने योजनाको न्यूनतम् बिमांक रकम दुई लाख रुपैयाँ कायम गरिएको छ ।
यो योजनामा सहभागीले अधिकतम् ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभसमेत लिनसक्ने जनाइएको छ ।
योजना अवधि १५ वर्षको रहेको छ ।









प्रतिक्रिया दिनुहोस्