
अन्तिम मत परिणामअनुसार कांग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन् ।
त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसको समूह विजयी भएको छ । कांग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम तिमिल्सिनाले ३१८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, वाग्मती गाउँपालिका–२ मा पनि कांग्रेसकै समूह विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका विजय लोले ४८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर भुलुनले २९६ मत प्राप्त गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्