३० जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025


दुईसय ६० भन्दाबढी स्थानीय तहमा मतगणना जारी


0
Shares

निर्वाचन आयोगका अनुसार, मतपेटिका सङ्कलन भएपनि मुलुकका सात वटा मतदान केन्द्रमा मतगणना सुरु हुन बाँकी नै रहेको छ । ६ स्थानमा विभिन्न कारणले मतगणना र मतदान नै रोकिएको छ ।

काभ्रे र दोलखाको एक तथा कालीकोटको दुई स्थानमा भएको विवाद र झडपका कारण पुनःनिर्वाचनको माग भई आएकाले त्यसबारे छलफल भइरहेको जनाइएको छ ।

भक्तपुरको चाँगु–नगरकोटमा अन्य जिल्लाको केही मतपत्र प्रयोग भएका कारण पुनः मतदानको माग भएको हो । निर्वाचन आयोगमा हालसम्म विभिन्न स्थानीय तहका पाँच अध्यक्ष, चार उपाध्यक्षसहित १५८ जना निर्वाचित भएको आधिकारिक विवरण प्राप्त भएको जनाइएको छ ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानमा भएको मतदानमा २६० भन्दाबढी स्थानमा भने मतगणना जारी रहेको आयोगले जनाएको छ । (रासस)