काठमाडौं, फागुन २ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ कायमै रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से ८ अंक बढीले झरेर ११ सय १२ मा आएर थामियो ।
यसदिन कारोबार भएका सबै समूह ओरालो लागे । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ७० अंकको गिरावट आयो । जीवनबिमा समूह पनि २९ अंकले झर्यो । होटल समूह पनि २७ अंकले घट्यो । उत्पादनमूलक र लघुवित्त समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका ८ लाख कित्ता सेयर दुई अर्ब १६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्