
जापानको लागि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल सहित करिव ५०० भन्दा बढि दर्शकले चलचित्र सायद २ हेरेको निर्माता सुनिल रावलले जानकारी गराए ।
चलचित्र सायद २ हेरिसकेपछि कार्यबाहक राजदुत अर्यालले चलचित्र उत्कृष्ट भएको भन्दै सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।
यस्तै एनआरएन जापानका अध्यक्ष सुधन थापाले पनि यूवा पुस्ताको बास्तबिक कथा उठाएको बिषय आफूलाइ एकदमै मन परेको बताए ।
यूवा पुस्तालाइ लक्षित गरि निर्माण गरिएको चलचित्र सायद २ को जापान शो को लागि निर्माण पक्षले जम्बो टोलि सहित जापान पुगेको थियो ।
निर्मात्री दुर्गिस थापा , निर्माता सुनिल रावल , नायक शुशिल सिटौला, संचारकर्मी श्याम अर्याल र सचित खड्का सहितको टोली हाल जापानमा छ ।
पुष्पराज न्यौपानको निर्देशनमा तयार चलचित्र सायद २ लाइ सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्