तारकेश्वर–१ मा एमाले उम्मेदवार विजयी « Image Khabar


तारकेश्वर–१ मा एमाले उम्मेदवार विजयी


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १४:३१

एमालेका विदुर सापकोटाले ८३९ र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका भरत भट्टले २८५ मत प्राप्त गरेका थिए ।

नगरका निर्वाचन अधिकृत निर्मला योङ्याकाअनुसार नगरपालिकाका वडा नम्बर–२ र वडा नम्बर–३ को मतगणना जारी छ ।

त्यसैगरी, नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहराले ७८७, कांग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्