सुनसरी, फागुन २ । आयोजक धरान फुटबल क्लब २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन लिग उपविजेता संकटा क्लबलाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्दै धरान उपाधिनजिक पुगेको हो ।
धरान रंगशालामा ९० मिनेटको निर्धारित् समयमा दुवै टिमबाट गोल नभएपछि टाइब्रेकरमा धरान विजयी भयो ।
धरानका गोलरक्षक विनय श्रेष्ठले संकटाका दुई पेनाल्टी सुटलाई बचाएपछि आयोजकको फाइनल यात्रा तय भएको हो ।
धरानले उपाधिका लागि अब क्यामरुनको डाउफिन्स क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्