३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


सूर्यविनायकमा वडाध्यक्षमा एमाले, मध्यपुरमा र भक्तपुरमा नेमकिपाको प्यानलै विजयी


0
Shares

कायस्थले एक हजार ६४७ र उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्र राउतले ८४७ मत ल्याएका छन् ।

त्यसैगरी, महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भएका छन् ।

सूर्यविनायक नगरपालिकाको हालसम्मको मतगणनामा एमाले अग्रस्थानमा छ ।

यता, मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अष्टकुमार कवेँको समूह तथा भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा छन् ।

चाँगुनारायण वडा नम्बर–६ मतदान केन्द्रमा बुधबार पुनः मतदान भएपछि चाँगुनारायण नगरपालिकामा मतगणना सुरु हुने भएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर–१ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामकृष्ण खत्रीकोे समूह विजयी भएको छ ।

खत्रीले एक हजार ९०७ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पवन भुजुले ६५२ मत र एमालेका नारायणसुन्दर सिन्ताकलले ४९८ मत ल्याएका छन् ।

त्यसैगरी, महिला सदस्यमा नेमकिपाका गंगालक्ष्मी बमनु तथा खुला सदस्यमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् । यहाँ वडा नम्बर–२ को मतगणना सुरु भएको छ । रासस