‘हर्न निषेध’ कारबाहीबाट १८ लाख राजस्व संकलन « Image Khabar


‘हर्न निषेध’ कारबाहीबाट १८ लाख राजस्व संकलन


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १६:५०

                                                                                फाइल फोटो
महाशाखाले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत् उपत्यकामा तीन हजार ७२४ सवारी–साधनका चालकलाई कारबाही गरिएको जानकारी दिए ।

‘उपत्यकाबाहिरबाट उपत्यका भित्रिने सवारी–साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्’–उनले भने ।

हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उनले दाबी गरे ।

हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामासमेत कमी आएको महाशाखाले जनाएको छ ।

हर्न निषेध उल्लंघन गर्ने सवारी–साधनको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व संकलन गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्