
मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीकाअनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा एमालेका कैसाङनुर्पु तामाङ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा एमालेका कार्गेल्मो श्रेष्ठ विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डेकी तामाङले एक हजार १४९ मत प्राप्त गरेकी छन् ।
६ ओटा वडा रहेको गोसाइँकुन्ड गाउँपालिकामा तीन हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका अन्य चार गाउँपालिकाको मतगणनाकार्य जारी रहेको र बुधबारसम्ममा सबै नतिजा आइसक्ने अनुमान गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्