२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मध्यपुरथिमि नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी


0
Shares

खड्काले एक हजार ४६२ मत ल्याइ अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका छन् ।

यता, मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ । रासस