३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


‘कछुवागति’मा मतगणना, सर्वसाधारण आक्रोशित (भिडियो रिपोर्ट)


0
Shares

भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकामा मतगणना सुस्तगतिमा भइरहेको भन्दै मतगणनास्थलमा उपस्थित सर्वसाधारणले आक्रोशसमेत व्यक्त गरे ।

भक्तपुर नगरपालिकाका निर्वाचन कार्यालयका अधिकृत भोजराज शर्माले मतगणनाकार्य सुस्त भइरहेकोमा आफू पनि चिन्तित भएको बताए ।

मतपत्रको आकार, पूर्वगृहकार्यबिनाको तयारीको कारण यस्तो भएको शर्माको भनाइ छ ।

मतगणनाकार्य छिटो गर्न निर्वाचन आयोगबाट परिपत्र भएको भन्दै उनले वैकल्पिक उपाय सोचिएको बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।