१ असार २०८२, आइतबार | Sun Jun 15 2025


काभ्रेको नमोबुद्ध र धुलिखेलमा आज मतदान, चाँगुनारायणमा मतदानको तयारी


0
Shares

एक युवकको मृत्युलाई लिएर स्थगित भएको नमोबुद्ध–४ को चुनाव आज हुन लागेको हो ।

त्यसैगरी धुलिखेल–१२ मा राप्रपाका तर्फबाट वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको चुनाव पनि आज हुन लागेको हो ।

यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा मतदान केन्द्रमा पनि आज फेरि मतदान हुँदैछ ।

नगरकोटस्थित एउटा मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह नभएको मतपत्र पुगेपछि विवाद बढेको थियो ।

उक्त मतदान केन्द्रमा आज पुनः मतदान हुन लागेको हो । मतदान सकिएलगत्तै ती स्थानीय तहको मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।