१ असार २०८२, आइतबार | Sun Jun 15 2025


ललितपुर महानगरमा नेपाली कांग्रेसको अग्रता


0
Shares

पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदमा कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ८४, नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ७७९, साझा पार्टीका रमेश महर्जनले ३ हजार ४५९, नेकपा माओवादी केन्द्रका दिनेश महर्जनले १ हजार ३५२, नयाँशक्ति र सङ्घीय समाजवादी फोरमका संयुक्त उम्मेदवार मदन महर्जनले २८ मत प्राप्त गरेको महानगरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए ।

उपप्रमुखमा कांग्रेसकी गीता सत्यालले ४ हजार ६४७, साझा पार्टीकी शोभा शाक्यले ३ हजार ४७५, एमाले–राप्रपा गठबन्धनका राप्रपा उम्मेदबार बाबुकाजी थापाले २ हजार ३१७ र नेकपा माओवादी केन्द्रकी हसिना शाक्यले १ हजार ९८५ मत पाएका छन् ।

ललितपुर महानगरमा वडा नं ७ सम्मको मतगणना सकिएको छ । आज बिहानैदेखि वडा नम्बर ८ र ९ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । (रासस)