२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मदन-आश्रित र दरबार हत्याकाण्डको रहस्य पत्ता लाग्छ: अध्यक्ष ओली


0
Shares

एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ ।

एमालेले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रितको हत्याको रहस्य पत्ता लाग्ने दाबी गरे ।

उनले राजपरिवारको वंश नै सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गरेका हुन् ।

अर्को एक प्रसंगमा अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा एमालेको बहुमत आउने दाबी गरे ।

उनले दोस्रो चरणको चुनावअघि आफ्ना विचार र धारणालाई जनता समक्ष प्रस्तुत गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले एमालेविरुद्ध ठूलाठूला षड्यन्त्र हुने गरेको भन्दै स्थानीय तहको चुनाव अघि पनि एमाले नेता तथा कार्यकर्तामाथि अत्याचार भएको बताए ।

२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो ।

जीपका चालक अमर लामा जिवित रहे पनि नेताहरुको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।