१ असार २०८२, आइतबार | Mon Jun 16 2025


दलहरुको विवादले नुवाकोटको पञ्चकन्या-३ मा मतगणना रोकियो


0
Shares

निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार वडा नं-३ मा रहेको एकमात्र देवकीधरम निमावी मतदान केन्द्रमा एक हजार ५३५ मत खसेको मुचुल्का गरेपनि गणना गर्दा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको हो ।

नेकपा (एमाले)ले खसेको सबै मत वैध रहेको भन्दै मतपेटिकामा रहेका एक हजार ५५३ मत नै गणना हुनुपर्ने अडान राखेको छ भने अन्य दलका उम्मेदवारले अस्वीकार गरेका छन् । रासस