काभ्रेको बेथानचोक गाउँपालिकामा नेपाली काँग्रेस विजयी

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गरेका छन्
उपाध्यक्षमा काँग्रेसकै सरिता लामिछाने(लामा) ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गरेका छन् ।
उनको निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गरेकी छन् ।
डाँडापारिको खानीखोला गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रोशी गाउँपालिकाको ५ नं– वडा सिसाखानीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएका छन् ।
माओवादीका तीर्थबहादुर लामाले २८४ मत प्राप्त गरेका छन् भने निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका धावा लामाले २०९ मत प्राप्त गरेका छन् ।
माओवादीकोे तर्फबाट महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैया विक, सदस्य लालसिं लामा र सञ्च लमिनी विजयी भएका छन् । रासस