बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन २ । सीवाइसी अत्तरियाले धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले हरायो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदे १२१ रन बनाएको थियो ।
अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६७ रन जोडे । यस्तै, सुबिन्धु पाण्डे र रित गौतमले समान १२/१२ रन बनाए ।
बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारी र विक्रम सोबले समान २/२ विकेट लिए ।
जवाफमा रुपन्देहीले पूरा २० ओभर खेल्दै ८२ रनमात्रै बनाउन सक्यो ।
रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए ।
बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की र दीपेन्द्र रावतले समान २/२ विकेट लिए ।
प्रतियोगितामा रुपन्देहीको यो पहिलो हार हो ।








प्रतिक्रिया दिनुहोस्