
विभिन्न वडामा जितेका उम्मेदवारहरुले कार्यकर्ता र सर्वसाधारणसँग खुसी साट्न थालेका हुन् ।
कीर्तिपुर नगरपालिकाको वडा नम्बर–२ बाट विजयी नेकपा एमालेका उम्मेदवार राजेन्द्र महर्जनका समर्थकहरुले बुधबार फूलमाला र अबीर लगाएर खुसी साटेका हुन् ।
वडाध्यक्षमा जितेपछि महर्जनले आफ्नो पहिलो काम बाटोघाटो निर्माण रहेको बताए ।
उता, ललितपुर महानगरपालिकाका वडाहरुमा पनि नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।
ललितपुरका १, ६, ७ र ९ नम्बर वडामा कांग्रेस तथा २, ३, ४, ५ मा नेकपा एमाले विजयी भएको छ ।
मतगणना परिसरमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले विजयोत्सव मनाएका थिए । विजेतारुले आगामी दिनमा जनभावानाअनुसार काम गर्ने बताए ।
उपत्यकामा नतिजा सार्वजनिक हुनेक्रम बढेसँगै विजयोत्सव मनाउनेक्रम पनि बढिरहेको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्