
बुधबार साँझसम्म ललितपुर महानगरपालिकाको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारबीच अघिपछि हुनेक्रम चलिरहेको छ ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १ हजार ७ सय २८ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले १ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ८ सय ४७ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ६ सय ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ८ हजार ९ सय ७० मतसहित अग्रता लिएका छन् ।
दोस्रो स्थानमा भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन छन्, उनको ८ हजार ९ सय ६९ मत रहेको छ ।
पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार मानबहादुर जिसीले ५ हजार २ सय ३० र कांग्रेसका रामजी कुँवरले ५ हजार ६३ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ४ हजार ६६ मतसहित अहिलेसम्म अग्रस्थानमा छन् ।
नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २ हजार ५ सय १४ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्