२ असार २०८२, सोमबार | Mon Jun 16 2025


कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, एमाले-६२ र कांग्रेस-६४ स्थानमा विजयी


0
Shares

अहिलेसम्म भएको १ सय ५८ स्थानको मतगणनाको अन्तिम परिणाममा नेपाली कांग्रेसले ६४ स्थानमा जित हात पारेको छ । त्यसैगरी नेकपा एमालेले ६२ स्थानमा विजयी हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्र २६ स्थानमा विजयी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जित हात पारेका छन् ।

पछिल्लो परिणामअनुसार धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विनोद तिमल्सिना विजयी भएका छन् ।

रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रका विशाल शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै राधा रोकाया विजयी भएका छन् ।

नवलपरासीको मध्यविन्दु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिकामा एमालेका हिदम लामा विजयी भए ।

म्याग्दीको मंगला गाउँपालिकाको प्रमुखमा एमालेका शतप्रसाद रोका र उपाध्यक्षमा एमालेकै सिर्जना केसी विजयी भएका छन् ।

कालिकोटको खडाचक्र नगरपालिकाको प्रमुखमा एमालेका जसीप्रसाद पाण्डे विजयी भए भने उपप्रमुखमा एमालेकै विजया विष्ट विजयी भइन् ।

पर्वतको विहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमलप्रसाद भुषाल विजयी भए ।

काभ्रेको रोसी गाउँपालिकाको प्रमुखमा कांग्रेसका दलबहादुर लामा विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै लक्ष्मी बर्तौला विजयी भइन् ।

कालिकोटको रास्कोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका काशीचन्द्र बराल विजयी भएका छन् । बाग्लुङको बडीगाड गाउँपालिकाको प्रमुखमा एमालेका मेयरसिंह बराल विजयी भएका छन् ।

रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा एमालेका रमेशकुमार बस्नेत र उपप्रमुखमा पनि एमालेकै माया कार्की विजयी भएका छन् ।

बाग्लुङ निसी खोला गाउँपालिकामा कांग्रेसका तारानाथ शर्मा विजयी भएका छन् । तनहुँको आबुखैरनी गाउँपालिकाको प्रमुखमा कांग्रेसका गिरबहादुर थापा र उपप्रमुखमा कांग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भएका छन् ।

धादिङ खनियावास गाउँपालिकामा कांग्रेसका रणबहादुर तामाङ र उपप्रमुखमा माया तामाङ विजयी बनेका छन् ।

बाग्लुङ काठेखोलामा गाउँपालिकामा एमालेका अमर थापा अध्यक्षमा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री विजयी भएका छन् ।

नवलपरासीको देवचुली नगरपालिको प्रमुखमा कांग्रेसका पूर्ण ुमार श्रेष्ठ र उपप्रमुखमा एमालेकी पार्वती तिवारी विजयी बनेका छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका मोहन बस्नेत र उपप्रमुखमा कांग्रेसकै बसन्ती डंगोल तामाङ विजयी बनेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिकामा नेकपा एमालेका सुवर्ण श्रेष्ठ र उपप्रमुखमा एमालेकै शुक्रलक्ष्मी शाक्य विजयी भएका छन् ।

गोरखाको सिरानचोक गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजु गुरुङ र उपाध्यक्षमा रीता देवकोटा विजयी भएका छन् ।

सल्यानको कपुरकोट गाउँपालिकामा एमालेका भीमबहादुर सेन र तिला बुढा मगर विजयी भएका छन् ।

नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा कोपिला मल्ल विजयी भएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका विष्णुमाया तामाङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेमा तमाङ विजयी बनेका छन् ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष केसी उपाध्यक्षमा सीता केसी विजयी भएका छन् ।

लमजुङको दूधपोखरी गाउँपालिकामा कांग्रेसका छपीमाया गुरुङ र कमलप्रसाद धिताल विजयी भएका छन् ।

सुर्खेत बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तेजबहादुर वस्नेत र शोभाकुमारी शर्मा विजयी भएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेका खिम थापा विजयीभएका छन् । धादिङको नेत्रावती गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै दुर्गा शाक्य विजयी भएका छन् ।

धादिङको रुविभ्याली गाउँपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका चेरुङ तामाङ र बिना लामाले जीत हात पारेका छन् ।

रसुवाको पार्वती कुण्ड गाउँपालिकामा नयाँशक्तिका बुर्चुङ तामाङ अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा भने एमालेकी नवीना तामाङ विजयी भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकामा कांग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा कीर्तिकुमार श्रेष्ठ विजयी भएका छन् ।

दैलेखको गुराँस गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खेमराज ओली विजयी भएका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल र उपप्रमुखमा माओवादी केन्द्रकी अप्सरा देवी न्यौपाने विजयी भएका छन् ।

बाग्लुङको ढोरपाटन नगरपालिकामा एमालेका देबकुमार नेपाली र करमति पुन विजयी भएका छन् ।

नुवकोटको दुप्चेश्वर गाउँपालिकामा कांग्रेसका योविन्द्र तामाङ अध्यक्षमा तथा उपाध्यक्षमा पनि कांग्रेसकै अञ्जु आचार्य विजयी भएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका शिवकुमार गिरी र उपमेयरमा विमला श्रेष्ठ विजयी भएका छन् ।

यस्तै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा कांग्रेसका दीघनारायण अर्याल र माया केसीले जितेका छन् ।

तनहुँको घिरिङ गाउँपालिकामा एमालेका रणबहादुर राना र सरस्वती सिग्देल विजयी भएका छन् । यस्तै गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेसका फणिन्द्र धिताल र चन्द्रा गुरुङ विजयी भएका छन् ।