डोनाल्ड ट्रम्पको बचाउमा उत्रिए पुटिन « Image Khabar


डोनाल्ड ट्रम्पको बचाउमा उत्रिए पुटिन


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार ०९:२४

अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्पले रुसी विदेशमन्त्रीलाई गोप्य जानकारी उपलब्ध गराएका थिए । ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । रुसी राष्ट्रपति पुटिनले पनि ती आरोपमा सत्यता नभएको बताएका हुन् ।

पुटिनले अमेरिकी संसदले मागेको खण्डमा त्यतिबेलाको भेटवार्ताको रेकर्ड उपलब्ध गराउन रुस तयार रहेको बताए ।

अमेरिकी संचारमाध्यमले ट्रम्प प्रशासनको सम्बन्ध रुससँग रहेको भन्दै केही गोप्य जानकारी रुसलाई उपलब्ध गराइएको दाबी गरेका छन् । यससँग सम्बन्धित विषयमा छानविन गरिरहेको अवस्थामा ट्रम्पले एफबीआइ निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेको आरोप अमेरिकी संचारमाध्यमले लगाउँदै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्