२ असार २०८२, सोमबार | Mon Jun 16 2025


एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस विजयी


0
Shares

वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी भएका हुन् । आचार्यले एक हजार ३८५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबि श्रेष्ठले एक हजार ३६८ मत ल्याएका थिए ।

त्यसैगरी, महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित महिला सदस्यमा मुना परियार, सदस्यमा सुवासकुमार कार्की कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् भने अर्का सदस्यमा एमालेका उम्मेदवार विश्वराज विष्ट विजयी भए ।