मेलम्ची नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी « Image Khabar


मेलम्ची नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार १४:१९

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आइतमान तामाङले ७ हजार ३३ मत प्राप्त गरे ।

यस्तै, सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले ९ हजार ११७ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सविता गुरुङले ६ हजार ७३९ मत प्राप्त गरिन् ।

सो नगरपालिकाको वडा नम्बर–११ को वडाध्यक्षमा एमालेका रुद्रप्रसाद दुलालले एक हजार ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुदर्शन सापकोटाले ८२४ मत प्राप्त गरे ।

यस्तै, वडा नम्बर–१२ को वडाध्यक्षमा एमालेका रामबहादुर तामाङले एक हजार २५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका शेषबहादुर तामाङले ५३० मत प्राप्त गरे ।

यसैगरी, वडा नम्बर–१३ को वडाध्यक्षमा माओवादी केन्द्रका देवेन्द्र घोरसाइने ६४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्वराम दंगाल र राप्रपाका जीवननाथ घोरसाइनेले समान ५२९ मत प्राप्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्