
अध्यक्षमा माओवादी केन्द्रका हरि डल्लाकोटीले ६ हजार ४ सय १० मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका गिरीराज कडेंलले ५ हजार २ सय ५५ मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा कांग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३ सय २ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मायादेवी शर्माले ५ हजार २ सय ७७ मत ल्याइन् ।
धादिङमा माओवादी केन्द्रले विजयी हासिल गरेको यो पहिलो गाउँपालिका हो ।
बेनिघाट–रोराङ गाउँपालिकामा एमाले एक्लै चुनाव लडेको थियो भने माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्