२ असार २०८२, सोमबार | Tue Jun 17 2025


काठमाडौं, ललितपुर, भरतपुर र पोखरामा कहाँ–कसको अग्रता ?


0
Shares

काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ५ हजार ३ सय ३७ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार २४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २ हजार ३ सय २८ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १ हजार ६ सय ३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १२ हजार ५ सय २९ मतसहित अग्रता लिएका छन् । कडा प्रतिस्पर्धा भइरहेको ललितपुरमा एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ११ हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ७ हजार ३ सय ७४ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रकी रेणु दाहालले भने ५ हजार ७ सय ३४ मत प्राप्त गरेकी छन् ।

यसैगरी, पोखरा–लेखनाथ महानगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ ।

त्यहाँको प्रमुखमा एमाले उम्मेदवार मानबहादुर जिसीले ९ हजार ४ सय ४९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले ९ हजार १ सय ३१ मत प्राप्त गरेका छन् ।