३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


तनहुँमा ६ गाउँपालिकाको मतपरिणाम सार्वजनिक


0
Shares

आँबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन् ।

विजयी थापाले दुई हजार ५८९ मत ल्याएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तबहादुर केसीले दुई हजार २४२ मत ल्याएका छन् ।

त्यसैगरी, उपाध्यक्षमासमेत कांग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भएकी छन् । उपाध्यक्षमा विजयी श्रेष्ठले दुई हजार १६५ मत ल्याएकी छन् ।

कांग्रेसले उक्त गाउँपालिकाको वडा नम्बर–१, २, ४, ५ र ६ मा जितेको छ भने एमालेले वडा नम्बर–३ मा जितेको छ ।

यसैगरी, ऋषिङ गाउँपालिकाको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ चार हजार ९४१ र उपाध्यक्षमा कांग्रेसकै गिनुमाया थापा पाँच हजार ६ मत ल्याइ विजयी भएका छन् ।

श्रेष्ठ र थापाका प्रतिद्वन्द्वीले क्रमशः दुई हजार ४८९ र दुई ३७७ मत ल्याएका छन् । ऋषिङ गाउँपालिकाका ८ ओटा वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।

यसैगरी, घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार रणबहादुर राना तीन हजार ७३० मत ल्याएर विजयी भएका छन् ।

यसैगरी, म्याग्दे गाउँपालिकामासमेत कांग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका माया राना र बालकृष्ण घिमिरे विजयी भएका छन् ।

अध्यक्षमा रानाले चार हजार ५६४ ल्याएकी छन् । उपाध्यक्षमा कांग्रेसका उम्मेदवार घिमिर चारहजार ६१४ मतका साथ विजयी भएका छन् ।

त्यस्तै, देवघाट गाँउपालिकामा भने अध्यक्षमा एमालेका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका छन् । उपाध्यक्षमा भने कांग्रेसबाट उम्मेदवार रहेकी विमला थापाले एक मतले विजयी भएकी छन् । अध्यक्ष थापाले दुई हजार ८७९ मत ल्याएका छन् ।

त्यसैगरी, बन्दीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष थापा दुई हजार ८६३ मतले विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा करुणा गुरुङ दुई हजार ६८३ मत ल्याएर विजयी भइन् ।

बाँकी चार नगरपालिकामा भने बिहीबार साँझसम्म सबै मतपरिणाम आउने अनुमान गरिएको छ । रासस