१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


बच्चा चोर्न आएका भन्दै स्थानीयद्वारा ६ जनाको हत्या


0
Shares

गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जनालाई कुटपिट गरी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट गरेर हत्या गरेका हुन् । ४ दिन पहिले पनि यस्तै हल्लाका आधारमा दुई जनाको हत्या भएको थियो ।

झारखण्डको प्रहरीले भने कुनै पनि गाउँबाट बच्चा हराएको उजुरी नपरेको र हल्लाका आधारमा गाउँलेहरुले मानिसको हत्या गरिरहेको जनाएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको र सुरक्षाका लागि ती गाउँमा थप प्रहरी टोली परिचालन गरिएको स्थानीय प्रहरीले जनाएको छ । (एजेन्सी)