काठमाडौं, फागुन १ । नेपाल चिनी उद्योग संघले उखु किसानलाई बाँकी रकम तिर्न सहुलियत ब्याजदरमा ऋण दिन माग गरेको छ ।
संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।
संघले कृषकहरुको भुक्तानीलाई सुचारु राख्न चिनी आयातमा ६० प्रतिशतसम्म भन्सार महसुल लगाउनुपर्ने साथै हाल कायम रहेको चिनीको परिमाणात्मक आयातलाई यथावत् राख्नुपर्ने पनि जनाएको छ ।
सरकारले कृषकलाई ८० करोड रुपैयाँ अनुदान दिन बाँकी रहेको भन्दै अविलम्ब त्यो रकम किसानलाई दिन पनि संघले माग गरेको छ ।
विद्युत् उत्पादन एवं बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरण एवं विद्युत् विकास विभागलाई आवश्यक निर्देशन एवं व्यवस्था मिलाइन दिन पनि संघले माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्