३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


२४२ स्थानको परिणाम सार्वजनिक, एमाले ९८, कांग्रेस ९४ र माओवादी ४४ मा विजयी


0
Shares

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा पनि कायमै रहेको हो ।

घोषित २४२ स्थानको मतपरिणामअनुसार नेकपा एमालेले ९८ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले ९४ स्थानमा प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४४ स्थानमा प्रमुखमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा प्रमुखमा जितेका छन् ।

त्यसैगरी, तीनओटा स्थानीय तह प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।