Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एनएमबि बैंकले बेलायतबाट पनि ऋण ल्याउन समझदारी


0
Shares

काठमाडौं, फागुन १ । एनएमबि बैंकले विदेशी संस्था सीडीसी ग्रुपबाट विदेशी ऋण ल्याउनका लागि सम्झौता गरेको छ ।

बैंकले सीडीसी ग्रुपबाट अमेरिकी डलर एक करोड ५० लाख नेपाल ल्याउनका लागि सम्झौता गरेको हो ।

बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरी समझदारीबारे जानकारी गराएको हो ।

नेपालको कृषि, पर्यटन, जलविद्युत् र मझौला तथा लघु कर्जामा प्रवाह गर्नका लागि ऋण ल्याउन समझदारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

विदेशी ऋण ल्याउने आफू पहिलो नेपाली बैंक भएको पनि बैंकको दाबी  छ ।

विदेशी मुद्रा आर्जन हुने भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बैंकको भनाइ छ ।