काठमाडौं, फागुन १ । सेयरबजारमा गिरावट आउनेक्रम बुधबार पनि थामिएन ।
यसदिन पनि बजार परिसूचक नेप्से ७ अंकले झरेर ११ सय २१ मा आएर थामियो ।
उत्पादनमूलक समूहबाहेक अरु सबै समूह ओरालो लागे । जीवनबिमा समूह सबैभन्दा उच्च ९५ अंकले ओरालो लाग्यो । निर्जीवन बिमा समूह पनि २६ अंकले घट्यो । जलविद्युत. र लघुवित्त समूहमा पनि दोहोरो अंकको गिरावट आयो । उत्पादनमूलक समूह भने ४६ अंकले सकारात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीका ८ लाख १२ हजार कित्ता सेयर जम्मा २४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्