टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न एमालेको माग « Image Khabar


टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न एमालेको माग


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार १९:२८

शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक–पटकका फैसला तथा निर्देशन एवं मानवअधिकारका विश्वव्यापी मूल्य–मान्यताविपरीतको उन्मुक्ति दिने निर्णयले दन्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।

एमालेले घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइ दन्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

२०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा ९ जनाको ज्यान गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्