पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ग्लोबल टेन्डर आह्वान गरिने’

फाइल फोटो
उद्योग मन्त्रालयद्वारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० ओटा ‘ब्लक’को पहिचान भएको भन्दै सबै ब्लकमा उक्त टेन्डरमार्फत् आह्वान गर्ने मन्त्री जोशीले बताए ।
उनले पैसावालाभन्दा पनि प्राविधिकरुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताए ।
राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सन्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो ।
कुनैपनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले बताए ।
छालाजुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थ मन्त्रालयसँग पहल भइरहेकोसमेत उनले जानकारी दिए ।
नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सन्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सन्चालनमा ल्याउन छलफल भइरहेको बताए । रासस