
एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याइ वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
यस वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्