३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


२५० स्थानको परिणाम सार्वजनिक, एमाले १०३, कांग्रेस ९६ र माओवादी ४५ मा विजयी


0
Shares

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दैगर्दा पनि कायमै रहेको हो ।

शुक्रबार राति साढे ८ बजेसम्म घोषित २५० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले ९६ स्थानमा प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४५ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा प्रमुखमा जित हासिल गरेका छन् ।

त्यस्तै, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।