काठमाडौं, फागुन १ । टोकियो ओलम्पिक खेलकुद छनोटअन्तर्गत् महिला फुटबलको दोस्रो चरणको ‘ड्र’ सार्वजनिक भएको छ ।
बुधबार मलेसियामा निकालिएको ड्रअनुसार समूह ‘ए’को नेपालले कडा प्रतिद्वन्द्वी पाएको छ ।
नेपाली महिला फुटबल टोलीको समूहमा भारत, इन्डोनेसिया र म्यानमार परेका छन् ।
आगामी अप्रिल १ तारिखदेखि म्यानमारमा उक्त छनोट हुनेछ ।
पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको नेपाली टोली उत्साही छ ।
भारतमा जारी ‘हिरो गोल्डकप’मा भारतलाई पराजित गरेपछि नेपाली टोलीको मनोबल थप बढेको छ ।
त्यस्तै, समूह ‘बी’मा आयोजक उज्वेकिस्तानसहित भियतनाम, जोर्डन र हङकङ रहेका छन् ।
त्यस्तै, समूह ‘सी’मा आयोजक प्यालेस्टाइनसँगै चाइनिज ताइपेइ, इरान र फिलिपिन्स रहेका छन् ।
शीर्ष दुई टिम फाइनल चरणमा पुग्नेछन् ।

“








प्रतिक्रिया दिनुहोस्