सुडानमा झडपमा परी ४० जना बिद्रोहीको मृत्यु

सरकारी सेनासँग भएको झडपमा प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएका छन् । त्यसैगरी विद्रोहीतर्फ ठूलो संख्यामा घाइते भएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।
दक्षिण सुडानको सीमा क्षेत्रस्थित एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो ।(एजेन्सी)