
पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य १८ हजार १ सय ५५ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले १२ हजार २ सय ३३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६ हजार ३ सय ३४ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ४ हजार २ सय ८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १६ हजार ३ सय ८३ मतसहित अग्रता लिएका छन् ।
एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १४ हजार ५ सय ४० मत प्राप्त गरेका छन् उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १५ हजार १ सय ५५ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १४ हजार ८ सय ९ मत प्राप्त गरेकी छन् । सहमतिसँगै शुक्रबार अबेरदेखि रोखिएको भरतपुरको मत गणना सुरु भएको छ ।
कांग्रेस र माओवादीले ९ नम्बर वडामा मुचुल्कामा रहेको भन्दा कम मत फेला परेको भन्दै मत गणना बहिष्कार गरेका थिए ।
मत गणनालाई लिएर दलहरुबीच १० बुँदे सहमति भएपछि मतगणना फेरि सुरु भएको हो ।
उता, यसैगरी पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।
एमाले उम्मेदवार मानबहादुर जिसीले १९ हजार ९ सय ५१ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १८ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्