Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


सुर्खेतका पाँच स्थानमा कांग्रेस, तीन स्थानमा एमाले विजयी


0
Shares

सुर्खेतका ३ नगरपालिका र २ गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने एउटा नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमालेले जितेको हो ।

नेपाली कांग्रेसले पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका तथा वराहताल गाउँपालिका र चिंगाड गाउँपालिकाको प्रमुखमा जित हासिल गरेको छ ।

त्यस्तै नेकपा एमालेले लेकवेसी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा जित हासिल गरेको हो ।

प्रदेश नम्बर ६ को सवैको चासोमा रहेको वीरेन्द्रनगर नगरपालिकामा भने अझै मतगणना जारी छ ।

भेरीगंगा नगरपालिकामा कांग्रेसका भूपेन्द्रबहादुर चन्द, गुर्भाकोट नगरपालिकामा कांग्रेसका हस्तबहादुर पुन, पञ्चपुरी नगरपालिकामा कांग्रेसका उपेन्द्रबहादुर थापा, लेकवेशी नगरपालिकामा एमालेका गगनसिंह सुनार, चौकुने गाउँपालिकामा एमालेका धीरबहादुर शाही, बराहताल गाउँपालिकामा कांग्रेसका तेजबहादुर बस्नेत, चिंगाड गाउपालिकामा कांग्रेसका देवबहादुर चन्द र सिम्ता गाउँपालिकामा एमालेका कविन्द्रकुमार केसी विजयी भएका छन् ।

विजयी भएकाहरुले सुर्खेतका विभिन्न स्थानमा विजय जुलुस गरिरहेका छन् ।

Skip This