
काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १८ हजार ६ सय २६ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १२ हजार ९ सय ८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ७ हजार ४ सय ४ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ५ हजार ५ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १६ हजार ३ सय ८३ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १४ हजार ५ सय ४० मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १५ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् ।
यस्तै, पोखरा–लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।
एमाले उम्मेदवार मानबहादुर जिसीले २१ हजार ३ सय २७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १९ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्