
उनका निकटम् प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका भक्तध्वज बोहराले दुई हजार सात सय ६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि एमालेकै दुर्गा नेपाल दुई ८ सय ४९ मत ल्याइ विजयी भएकी छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसकी पदमकुमारी श्रेष्ठले दुई हजार ६ सय ६५ मत प्राप्त गरेकी छन् ।
वडा नम्बर–१ मा कांग्रेसका तर्फबाट ८० वर्षीय कर्णबहादुर खड्काले समूहसहित विजय हासिल गरेका छन् ।
वडा नम्बर–५ मा कांग्रेसका विष्णुभक्त श्रेष्ठ र वडा नम्बर–६ मा कांग्रेसकै रामचन्द्र बुढाथोकी विजयी भएका छन् ।
वडा नम्बर–२ मा एमालेका मानबहादुर थामी, वडा नम्बर–३ मा एमालेकै सुकदेव रिसाल र वडा नम्बर–४ मा सोही दलका भोतेलो थामी विजयी भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्