३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


२६० स्थानको परिणाम सार्वजनिक, एमाले १०७, कांग्रेस १०० र माओवादी ४६ मा विजयी


0
Shares

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दैगर्दा पनि कायमै छ ।

शनिबार दिउँसो २ बजेसम्म घोषित २६० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०७ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले १०० स्थानमा जित दर्ता गर्दा नेकपा माओवादी केन्द्र ४६ स्थानमा प्रमुखमा विजयी भएको छ ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा जितेका छन् ।

त्यसैगरी, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।