इरानमा राष्ट्रपति रुहानी फेरि निर्वाचित « Image Khabar


इरानमा राष्ट्रपति रुहानी फेरि निर्वाचित


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १७:२२

२ करोड ६० लाखभन्दा बढी मत गणना हुँदा उनले आधाभन्दा बढी मत प्राप्त गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

सरकारी टेलिभिजनले रुहानीलाई बधाई दिंदै उनले ५८ प्रतिशतभन्दा बढी मत पाएको जनाएको हो ।

रुहानीका प्रतिस्पर्धी इब्राहिम राइसीले भने ३९ प्रतिशत मत प्राप्त गरेका छन् । उनले चुनावमा अनियमितताको आरोप लगाएका छन् । मतदानको समय पाँच घण्टा बढाएर स्थानीय समय अनुसार मध्यरातसम्म लम्ब्याइएको थियो । यसले गर्दा मतदान प्रतिशत बढेर ७० प्रतिशत पुगेको थियो ।

करिब ४ करोड मतदाताले मतदान गरेको इरानी आन्तरिक मन्त्रालयले जनाएको छ । मध्यमार्गी विचारधाराका रुहानीले सन् २०१५ मा अमेरिकालगायतका मुलुकसँग आणविक सम्झौता गरेका थिए । तर, वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्ववर्ती ओबामा सरकारसँग गरिएको उक्त सम्झौताको विरोध गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्