
गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन निर्माणकाबेला भएको ‘भद्र सहमति’अनुसार राजीनामा दिने तयारी गरेका हुन् ।
वर्तमान सरकार गठन गर्दा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेससँग ९ महिना माओवादी केन्द्रको नेतृत्वमा सरकार रहने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो ।
माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणबारे कुरा मिलिसकेकाले सरकार गठनमा ढिलाइ नहुने नेपाली कांग्रेसका नेताहरुको विश्वास छ ।
प्रधानमन्त्री दाहालले आगामी साता राजनीनामा दिएपनि आगामी आर्थिक वर्षको बजेट भने वर्तमान सरकारले नै ल्याउने भएको छ ।
प्रधानमन्त्री दाहालले राजीनामा दिनेबित्तिकै वर्तमान सरकार कामचलाऊ हुनेछ । संवैधानिक व्यवस्थाअनुसार बजेट आगामी जेठ १५ गते ल्याउनैपर्ने बाध्यता छ ।
तर, प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउँदा कम्तीमा दुई साता लाग्ने भएकाले कामचलाऊ बजेट यही सरकारले ल्याउन लागेको हो ।
निर्वाचन आचारसंहिता आकर्षित नहुने गरी बजेटमा केही नयाँपन आउनसक्ने सत्तारुढ दल माओवादी केन्द्रका नेताहरुको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्