Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मानमनेश्वरी मन्दिर पुनःनिर्माण हुने


0
Shares

काठमाडौं, फागुन १ । काठमाडौंको टंगालमा रहेको मानमनेश्वरी मन्दिर पुनःनिर्माण हुने भएको छ ।

मानन्धर गुठी मराक्ष खलःले बुधबार क्षमापूजा गरी मन्दिर पुनःनिर्माणको सुरुआत गरेको हो ।

काठमाडौं महानगरपालिकाको ५० लाख र संसद विकास कोषको १० लाख गरी ६० लाख रुपैयाँमा मन्दिर पुनःनिर्माण गरिनेछ ।

मानन्धर समुदायको कुलदेवताकारुपमा रहेको शिव मन्दिर लिच्छवीकालमा मानदेवले निर्माण गरेका हुन् ।

समाजसेवी रघुवरभक्त मानन्धरले क्षमापूजा गरेर मन्दिर पुनःनिर्माण गरिने बताए ।

भूकम्पले क्षति पुर्‍याएको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण हुने जनाइएको छ ।