‘संविधान संशोधन र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिऊ’ « Image Khabar


‘संविधान संशोधन र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिऊ’


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १८:५७

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सहज वातावरण बनाउन संविधान संशोधन र महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेको हो ।

बैठकले पहिलो चरणको स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुले सत्ताको चरम दुरुपयोग गरेको भन्दै धाँधली र ‘बुथ क्याप्चर’जस्ता अलोकतान्त्रिक गतिविधि गर्नेहरुमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न संसदीय समिति गठन गर्न माग पनि गरेको छ ।

बैठकपछि एमाले सचिव योगेश भट्टराईले दोस्रो चरणको निर्वाचनलाई सहज वातावरणमा सम्पन्न गर्ने स्थिति बनाउन सरकारले संविधान संशोधन र महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने र पहिलो चरणको निर्वाचनकाक्रममा भएका अवाञ्छित घटना छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताए ।

मधेसकेन्द्रित दलहरुले निर्वाचनमा भाग नलिने भनी बहानाबाजी गरिरहेको र कुनैपनि हालतमा निर्धारित् मितिमै निर्वाचन गर्नुपर्नेमा एमालेले जोड दिएको सचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्