कस्तो छ राष्ट्रपति ट्रम्पको पहिलो विदेश भ्रमण ? (फोटोफिचर) « Image Khabar


कस्तो छ राष्ट्रपति ट्रम्पको पहिलो विदेश भ्रमण ? (फोटोफिचर)


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १९:१६

साउदीमा उनलाई भव्य स्वागत गरिएको छ भने उनले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्ने अपेक्षा गरिएको छ ।

गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्ने आरोपका बारेमा छानविन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गरिए लगत्तै उनी साउदी अरब भ्रमणमा निस्केका हुन् ।

रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए ।

ट्रम्पलाई साउदी अरवको रियादस्थित किङ खालिद अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार विहान ९.५० मा रातो कर्पेटसहित स्वागत गरिएको थियो ।

ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नेछन् । शनिबार (आज) बेलुका नै उनले दुई जना शक्तिशाली साउदी युवराजलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनले शिर्ष नेताहरुलाई भने आइतबार (भोलि) मात्रै भेट्ने जनाइएको छ ।

रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको छ । रासस/सिन्ह्वा

 

 

प्रतिक्रिया दिनुहोस्